पुनस्र्थापना केन्द्रमा एक जनाको मृत्यु, शारीरिक यातना दिएर हत्या गरेको परिवारको आरोप


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ ।

सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड– ४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । उनको ६ माघमा मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com