टीपीएस बचाउन अधिकारको अभियान, यसरी गर्नुहोस् हस्ताक्षर


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

अमेरिकामा बस्ने नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको टीपीएस सुविधा आगामी जुनमा सकिदै गरेको अवस्थामा टीपीएस बचाउनका लागि आप्रवासीको अधिकारका लागि कृयाशिल संस्था ‘अधिकार’ सकृयताका साथ लागेको छ । नेपालीको टीपीएस अवधि थप गराउनका लागि अमेरिकी सांसदहरुलाई दवाव सृजना गर्नेदेखि सरकारलाई घच्घचाउनेसम्मका गतिविधिमा लागिरहेको ‘अधिकार’ले न्युयोर्कका सांसदहरुलाई दवाव सृजनाका लागि हस्ताक्षर गर्न सबैलाई आब्हान गरेको छ ।

न्युयोर्कमा रहेका संस्थाहरुलाई हस्ताक्षरका लागि आब्हान गर्दै अहिलेको जटिल अवस्थामा बिभिन्न प्रगतिशील संस्थाहरु मिलेर टीपीएस बचाउन धेरै क्रियाकलापहरु गरिरहेको ‘अधिकार’ले जनाएको छ । न्युयोर्क कंग्रेसनल नेताहरुलाई टीपीएस, डीईडी र ड्रिमरहरुलाई बचाउन दृढ रहन र बोल्नको लागि हस्ताक्षरको आब्हान गरिएको छ ।

संस्थाले मात्र गर्न सकिने उक्त हस्ताक्षरको अन्तिम दिन आगामी जनवरी २९ सम्म मात्र रहेको छ । यो हस्ताक्षर अभियानले न्युयोर्कमा रहेका प्रतिनिधिसभा सदस्यहरुलाई अमेरिकी संसदको चालु सेसनमा टीपीएस, ड्रिम एक्ट लगायतका विषयमा दवाव पुग्ने विश्वास गरिएको छ ।

अधिकारको पहलमा नेपालको टीपीएस थप गराउन अदालतमा मुद्दा दायर गराउने तयारी समेत भइरहेको छ । सुडान, एलसाल्भाडोर, हैटी र निकारागुवाको टीपीएस अदालती आदेशका कारण खारेज हुनबाट बचेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई संघसंस्थाको प्रतिनिधि हुनुहुन्छ भने यो लिंक खोलेर हस्ताक्षर गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com