हिमपातले सडकदेखि हवाई उडान समेत ठप्प !


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ ।

आज रातिदेखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रमा सञ्चालन भइरहेको छ ।

आज सल्लेरीबाट काठमाडौँका लागि छुटेका अधिकांश जीप पत्तालेमा रोकिएका छन् भने सोलुखुम्बु आउने जीप ओखलढुङ्गाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

पत्तालेस्थित प्रहरी चौकीका प्रहरी हवल्दार विजय शिवाका अनुसार बिहानै केही जीपले पत्ताले क्षेत्र पार गरेको भए पनि अहिले कुनै सम्भावना छैन । दर्जनाँै जीप तथा मालवाहक ट्रकसमेत पत्तालेमा रोकिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सवारी सञ्चालन हुन नसक्दा यात्रु भने अलपत्र परेका छन् । “केही यात्रु भने हिँडेरै ठाडेदेखि पत्ताले र पत्तालेबाट ठाडे गएका छन्”, सवारी चालक कृष्ण कार्कीले भन्नुभयो, “अहिले पनि वर्षात्सँगै हिउँ परिरहेको जसले गर्दा सवारी चलाउन सकिने अवस्था नै छैन ।” कार्कीका अनुसार मौसममा राम्रो सुधार नआएसम्म सवारी आवगमनमा समस्या हुनेछ ।

सोलुखुम्बुबाट काठमाडौं, हिँडेका अधिकांश यात्रु पत्तालेमा रहेका छन् । सडक अवरुद्ध भएसँगै बालबालिका तथा वृद्धवृद्धा यात्रु भने बढी प्रभावित भएको स्थानीय भाइचुङ शेर्पाले बताउनुभयो ।

“अहिले हिउँ करीब एक फिट बढी जम्मा भएको छ”, शेर्पाले भन्नुभयो, “हिउँपर्नेक्रम जारी छ, घरबाट बाहिर निस्कन मुस्किल भए पनि युवायुवती भने हिउँसँग रमाइरहेका छन् ।”

कुनै पनि उडान भएन 

जिल्लामा सञ्चालित दुई वटा विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ । मौसम प्रतिकूलताका कारण आज कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज फाप्लु विमानस्थलमा तारा एयरको एउटा उडान तालिका भए पनि उडान हुन सकेन । यस्तै फाप्लु स्याङ्बोचे कार्गो सेवासमेत बन्द भएको छ ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका अनुसार आज २० वटा उडान तालिका भए पनि कुनै पनि उडान हुन सकेन । नागरिक उड्डयन प्राधिकरण लुक्लाले दिएको जानकारीअनुसार तारा एयरको १०, सीता र समिटको पाँच-पाँच वटा उडान तालिका थियो तर ती कुनै पनि उडान भएन । यस्तै हेलिकप्टरलेसमेत उडान भर्न नसकेको बताइएको छ ।

माथिल्लो क्षेत्रको पूरै भू–भाग अहिले कुहिरोले ढाकेको छ । हिमपातका कारण खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको खुम्बु पासङल्हामु गाउँकार्यपालिकाका सदस्य उमा बराइलीले बताउनुभयो ।

“खुम्बुका अधिकांश मानिस जाडो छल्न बाहिर गएको भए पनि यहाँ बस्ने मानिसलाई निक्कै गाह्रो भएको छ”, बराइलीले भन्नुभयो, “केटाकेटी बुढाबूढी र पशु चौपाय बढी प्रभावित बनेको छ ।

”सोलुखुम्बुको पत्ताले, पिकेडाँडा, तामाखानी, रातनाङ्गी, स्यालगुडी, डाँडाखर्क जुनबेंसीसहित माथिल्लो क्षेत्र खुम्बुमा हिउँले ढाकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com