चन्द्रागिरीमा हिउँ !(फोटोफिचर)


प्रकाशित मिति : ९ माघ २०७५, बुधबार

पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भएको छ । मौसममा आएको बदलीसँगै काठमाण्डौको चन्द्रागिरी हिल्समा हिउँ परेको छ ।

पश्चिमी वायुको प्रभावका कारण मंगलबारदेखि नै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो पनि बढ्नेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com