दक्ष आप्रवासीहरु अमेरिका आएको चाहन्छन् अमेरिकनहरु


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

अधिकांश अमेरिकनहरुले दक्ष आप्रवासीहरु अमेरिका आएको चाहने पिउ रिसर्च सेन्टरको रिपोर्टले देखाएको छ । रिपोर्ट अनुशार १० जना ८ जना अमेरिकनहरु विदेशबाट दक्ष आप्रवासीहरु अमेरिकामा आएको चाहन्छन् ।

मंगलबार प्रकाशित उक्त रिपोर्टमा स्वीडेन, बेलायत, क्यानडा, जर्मनी, अष्ट्रेलिया लगायतका देशमा पनि विदेशबाट दक्ष आप्रवासीहरु आएको चाहनेदर उच्च रहेको छ । फ्रान्स, स्पेन, नेदरल्याण्ड, ग्रिसमा ५० प्रतिशतभन्दा धेरैले दक्ष आप्रवासीहरु आएको हेर्न चाहन्छन् ।

इजरायलमा भने जम्मा ४२ प्रतिशतलेमात्र दक्ष आप्रवासीहरु आएको चाहने बताए । इटलीमा ३५ प्रतिशतलेमात्र दक्ष आप्रवासीहरु आएको चाहने बताएका छन् । १२ देशका जवान नागरिकहरुबीच सर्वेक्षण गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com