पुस्तक प्रेमीकालागी केसर पुस्तकालय ‘उत्कृष्ट’


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

सुविना आचार्य / ऐतिहासिक र पुरातात्विक महत्वका सामग्री रहेको काठमाडौंको केसर पुस्तकालय अहिले व्यवस्थीत बनेको छ । राणाकाल देखी पुस्तकको संरक्षण गर्दै आएको यस पुस्तकालय पुस्तक प्रेमीकालागी ज्ञानआर्जनको उत्कृष्ट थलो बनेको छ । तर पुस्तकालय रहेको राणकालीन दरवारलाइ भूकम्पले हल्लाएपछि भने पुस्तकालय संकुचित हुन पुगेको छ ।

यदि तिमी संग बगैचा र पुस्तकालय छ भने तिमी संग तिमीलाइ चाहिने सवै थोक छ , रोमन दार्शनिक मार्कस टिलीअस किक्रोको यो भनाइलाई सफल रुप दिएका हुन् नेपालका १३औ राणा प्रधानमन्त्री चन्द« शम्शेर राणा का छोरा केसर सम्सेरले । काठमाडौमा रहेको केसर पुस्तकालय र केसर महलकै आडमा रहेको स्वप्न बगैचा त्यसैको एक झलक हो । १५/१६ बर्षका उमेरमा बुवा चन्द« समशेर संग बेलायत गएका केसर सम्शेर बेलायतको पुस्तकालय र पठन संस्कृति बाट प्रभावीत भएर नेपाल फर्केपछि उनले आफ्नै महलमा पुस्तकालय बनाएका हुन् । उनले बेलायतबाट प्रसस्त पुस्तक ल्याए पुस्तकालय भरेका थिए ।

यद्यपी त्यती बेला यो आमनागरिकका लागि भने थिएन । उनको व्यक्तिगत सम्पत्ति भएकाले उनको परिवारका सदस्यले मात्र त्यहा पढ्ने मौका पाउथे । केसर समशेरको निधन पछि भने २०२६ सालमा उनकी श्रीमती कृष्णचन्द« देवी राणाले केसर पुस्तकालय, केसर महल, स्वप्न बगैँचा र यसले ओगटेको करिब ३२ रोपनी जग्गा सरकारलाई हस्तान्तरण गरिन् । मृत्युपूर्व केसर सम्शेरले आफ्नो निजी पुस्तकालय राज्यलाई हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेसंगै बिसं २०२६ साउन १ गतेवाट यो पुस्तकालय सर्वसाधारणकालागी खुला गरएिको थियो ।

अहिले शिक्षा तथा खेलकुद मन्त्रालयले यो पुस्तकालय सञ्चालन गरेको छ । सरकारलाई हस्तान्तरण गर्दा केसर पुस्तकालयमा करिब २० हजार पुस्तक, पत्रपत्रिका, हस्तलिखित ग्रन्थ र ऐतिहासिक र पुरातात्विक महत्वका सामग्री भएको पुस्तकालय प्रमुख दशरथ मिश्र बताउछन । अहिले त्यो संख्या बढेर ७५ हजार आसपास पुगेको छ ।

अहिले यस पुस्तकालयमा बिभिन्न बिधाका ५५ हजार पुस्तक , पत्रपत्रीका ,र अन्य हस्तलिखीत ग्रन्थ गरी ७५ हजार को हाराहारीमा रहेका छन् । राणाहरुले शिकार गरेका वन्यजन्तुका टाउका, एक हजार वर्ष भन्दा पुराना हस्तलिखित ग्रन्थ, दुर्लभ पेन्टिङ र राणा शासनको वैभव देखाउने हजारौ फोटो यस पुस्तकालयमा आश्रीत छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुरातात्वीक महत्वका बस्तुहरु रहेका यस पुस्तकालयमा शुश्रतसमिता नामक हस्तलिखीत ग्रन्थ सवैभन्दा पुरानो मानीन्छ । पुस्तकलाइ यस्ता पुरातात्वीक एवंम ऐतीहासीक महत्वका कितावलाइ जोगाइराख्न भने नेपालमा उचित प्रविधीको बिकास नहुदा समस्या हुने गरेको मिश्र बताउछन् ।

अन्य मुलुकमा पुस्तकालय भित्र उचित तापक्रम मिलाएर पुस्तको जोगेर्ना गर्ने गरीएको तर नेपालमा त्यस प्रबिधीको बिकास नभैसकेकोले प्रकुतीक पद्धती अनुसार लेमनग्रास, मिनट, फिनायल जस्ताको प्रयोग गरेर किताबलाइ किरालाग्न बाट जोगाउनु परेको उनि बताउछन् । यसका अलावा भूकम्पले केसर महलमा क्षती पुर्याउयदा ठाउको पनि संकुचन हुन पुगेको उनी बताउछन् ।

पुस्तकालय ज्ञानको भण्डार हो । भलै यो पुस्तकालय उवेलमा राणा खान्दानको इच्छा पुरा गर्न बनाइएको थियो, तर अहिले यसवाट सर्वसाधारणले अध्ययनगर्ने मौका पाएका छन् । दार्शनीकहरुको बिचारधारालाइ पुस्तकमा समेटेर राखेका छन् यस्ता पुस्कालयहरुले । यिनीहरुको उचित संरक्षण गरीनु अतिआवश्यक छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com