देशका विभिन्न भूभागमा मंगलबार पानी पर्ने सम्भावना
प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार
देशका विभिन्न भूभागमा मंगलबार पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागमा सामान्य बदली रहने मौसमविदको भनाई छ । साथै पश्चिमी र मध्य क्षेत्रका उच्च पहाडी भूभागका अधिकांश स्थानहरु र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५।६ डिग्री मापन भएको छ भने धनगढीमा १४ र नेपालगञ्जमा १४।६ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको महाशाखाले जनाएको छ । सबैभन्दा कम डडेल्धुरामा ०।१ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ ।






