कृष्ण ओली जस्तै करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बुद्धिमान कुँवरले गरे सहयोगको अपिल


प्रकाशित मिति : ७ माघ २०७५, सोमबार

बैजानथ ८ लुन्दि बाँके का २३ बर्षका बुद्धिमान कुवर भारतको शिम्लामा कामको शिलसिलामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाउनु भएको छ । उपचारको लागि १२/१३ लाख लागि सकेको छ र कृतिम हात र खुट्टा राख्न डक्टरले ५०/६० लाख लाग्ने भएकाले आर्थिक अबस्था कमजोर भएकाले राख्न नसक्ने भएकाले स्वदेश तथा बिदेशमा रहनुभएका दाजुभाईहरुलाई उहालाई उपचारको लागि आर्थिक सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं ।

तस्विरमा दुवै हात र खुट्टा गुमाएका बुद्धिमान कुँवर (सेतो टिसर्ट लगाउने ) । उनको दुवै हात कुहिनादेखि माथिबाट काटेर फ्याकिएको छ भने दाहिने खुट्टा पनि काटिएको छ ।

हामीले बुद्धिमान कुँवर सहयोग संकलन समितिका भोजेन्द्र बस्नेतसँग टेलिफोनमा कुरा गर्दा ६ देखि ७ महिना अगाडी नै बुद्धिमानलाइ करेन्ट लागेर हात खुट्टा गुमाउनु परेको थाहा भयो ।

आजकै दिन केही स्थानीय युवाहरुको सक्रियतामा बुद्धिमान कुँवर सहयोग संकलन समिति गठन भएको छ र भोली नै उहाँहरुले बै‌क खाता खोल्ने कुरा बताउनु भएको छ । बैंक खाता खोलेपछि हामी सो पनि अपडेट गर्ने जानकारी दिन चाहन्छौ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुद्धिमान कुँबरको बारेमा थप्न जान्नुपरेमा वा तपाइहरुले सहयोग गर्नु चाहनुभएको खण्डमा भोजेन्द्र बस्नेतलाइ उहाँको मोबाइल नम्बरमा ९८१२४४५५८४ मा सिधा कल गर्न सक्नुहुन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com