मासिक ४५ हजार कमाउँछन्, तर ओढारमा बस्छन् !


प्रकाशित मिति : माघ ७, २०७५ सोमबार

कालिकोटको पचालझरना ७ का एक व्यक्ति विगत चार वर्षदेखि ओढारमा बस्दै आएका छन् तर उनको मासिक कमाइ ४५ हजार बराबर हुने गरेको छ ।

चार वर्षदेखि जितेबजारको किनारमा रहेको जोखिमयुक्त ओडारमा बस्दै आएका ४५ वर्षीय जयबहादुर अयडी भारी बोक्ने गर्दछन् । पुसको कठ्यांग्रिँदो जाडो होस् या बैशाख जेठको गर्मी, उनी ५० देखि ९० किलोसम्मको भारी बोक्छन् र मासिक ४५ हजारसम्म कमाउँछन् । होटलमा बस्दा पैसा खर्च हुने र सात जनाको परिवार पाल्न नसकिने भन्दै उनी ओढारमा बस्दै आएका हुन् ।

चार छोरा र एक छोरीका पिता जयबहादुरलाई सन्तानको लालनपालन र सुनौलो भविष्यका लागि भारी बोक्नुपर्ने बाध्यता छ । खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com