मालीस्थित राष्ट्रसंघीय शिविरमा आक्रमण, आठ शान्ति सेनाको मृत्यु


प्रकाशित मिति : माघ ७, २०७५ सोमबार

Malian soldiers advance their position amidst a cloud of smoke during street battles between radical Islamic rebels and French and Malian forces in Gao on 21 February 2013.

बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा आठ जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ ।

“पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट आठ जना शान्ति योद्धाको निधन भएको छ भने १९ जना घाइते भएका छन् ,” राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ । उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

आइतबार विहानै भएको आक्रमण मालीको किडालबाट करिब २०० किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा भएको हो । सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com