तीन महिनामा ४८ जना महिला बलात्कृत, ३८ काे हत्या


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

असोजदेखि मंसिरसम्म ४८ किशोरी तथा महिलामाथि बलात्कार र ३८ जनाको हत्या भएको छ । संचारिका समूह नेपालले गरेको यो तीन महिनाको सञ्चार अनुगमनका क्रममा ४८ किशोरी तथा महिलाको बलात्कार भएको देखिएको हो।  खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री अनुगमन गरिएको समूहले जनाएको छ।

समूहका अनुसार १४ वटा राष्ट्रिय दैनिकमा महिलामाथि हुने हिंसालाई ८ शीर्षकमा अनुगमन गरिएको थियो। जसमा बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा, दाइजो, हत्या, बोक्सी, कुटपिट र स्वास्थ्य अधिकार उल्लघन सम्बन्धी शीर्षक थिए। बलात्कार पीडित एकदेखि नौ वर्ष उमेर समूहका ८ जना, ११–१९ का २४ जना, २३–३२ का ७ जना, ४२–५५ का ३ जना थिए भने ६ जनाको उमेर उल्लेख थिएन।

बलात्कार घटनामा पीडक १३ देखि ६५ वर्ष उमेरका रहेको पाइएको समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सबै भन्दा बढी बलात्कार मध्यमाञ्चल विकास क्षेत्रमा २४ वटा र यो मध्ये काठमाडौंमा ९ वटा भएको अनुगमनले देखाएको छ। हत्याका घटनामा २४ जना पीडक परिवारका सदस्य त्यसमध्ये पनि १२ जना श्रीमान, २ प्रेमी, २ छिमेकी र ४ अन्य रहेको विज्ञप्तिमा उल्लेख छ। सबैभन्दा बढी हत्याका १३ जनाको हत्या मध्यमाञ्चल विकासक्षेत्रमा भएको पाइएको छ।

स्वास्थ्य अधिकार उल्लघनका १४ वटा घटना भएका थिए। यो अवधीमा घरेलु हिंसाका पाँच वटा घटना सञ्चार माध्यममा आए। यौनदुर्व्यवहारका १७ वटा घटना प्रकाशित भएका थिए, जहाँ अधिकांश पीडत बालिका थिए। ९–१९ वर्ष ¬उमेर समूहका १४ जना बालिका तथा किशोरीमाथि यौनदुव्यवहार भएको र बोक्सी आरोपका सातवटा घटनाका समाचार आएको समूहले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुगमनले बालिका तथा महिला घर, छिमेक, स्कुल र सावैजनिक स्थलहरुमा असुरक्षित रहेको देखाएको छ। सानो विवादमै मारिएको, आफन्त, छिमेकी परिचत मान्छेवाटै लुुटिएको, आधाारभुत स्वास्थ्य अधिकारबाट बंचित रहेको पाईएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com