कहाँ गयो पशुपतिनाथको ११ सय बिघा जमिन ?


प्रकाशित मिति : ७ माघ २०७५, सोमबार

पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन ।

राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी (धाई आमा) लाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए । निःसन्तान बुबु बडामहारानीले जीवनको आखिरी अवस्थामा त्यो जग्गा पशुपतिनाथ (श्री) का नाममा दान गरेकी थिइन् ।

त्यसको अभिलेख सनद, सवाल, लालमोहर, शिलापत्र, ताजपत्र, भोजपत्र, ताडपत्र आदिमा रहेको कोषले जनाएको छ ।

यति ठूलो परिमाणको जग्गा गायब पारिएको धेरै वर्ष भने भएको छैन । २०४२ सम्म हकभोग गर्नेहरूले यसको तिरो (कुत) तिरेका थिए । विस्तारै त्यो क्रम रोकियो । २०४४ मा पशुपति क्षेत्र विकास कोष स्थापनापछि भने तिर्ने क्रम ठप्प भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोषले जग्गा छ भन्नेसम्म मतलब गरेन । अभिलेखमा राखेन । अचम्म त यो छ– यसको स्रेस्ता न कोषसँग छ, न मालपोत, न गुठीसँग।  यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com