बाल यौन दुराचार गर्ने बेलायती पक्राउ, नेपालमा विदेशी बाल यौन दुराचारी आकर्षित


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

नेपाल प्रहरीले आइतवार बाल यौनदुराचारको अभियोगमा राजधानीको कालिमाटीबाट ब्रिटेनका इयान रोबर्ट कोललाई पक्राउ गरेको छ । उनी बस्दै आएको कोठाबाट तीनजना पीडित बालकहरूलाई उद्धार गरिएको छ।

दुईजना नेपालीलाई समेत बाल यौनदुराचारमा सहयोग गरेको आरोपमा र अप्राकृतिक मैथुन अपराध मुद्दा अन्तर्गत अनुसन्धान भइरहको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा बाल यौन दुराचार सम्बन्धी घटनाहरू बाहिरिने क्रम बढ्दो अवस्थामा रहेको छ । पछिल्ला तीन वर्षमा १० जना व्यक्ति पक्राउ परेका छन् जसमध्ये नौ जना विदेशी छन्।यसबारेमा संजीव गिरीको विस्तृत रिपोर्ट बीबीसी नेपाली सेवाले प्रकाशित गरेको छ ।

अमेरिका, जर्मनी, अस्ट्रिया, नेदरल्याण्ड्स, क्यानडा र फ्रान्स जस्ता मुलुकका नागरिकले हालका दिनमा काठमाण्डूको सुन्धारा र नख्खुस्थित कारागारमा सजाय भोगिरहेका छन्। नौ विदेशीमध्ये छ जना ६० वर्ष भन्दा बढी उमेर समूहका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्ला तीन वर्षमा १० वटा घटना सार्वजनिक भएता पनि नेपालमा बाल यौन दुराचारका घटना उक्त आँकडाभन्दा कम्तीमा तीन गुणा बढी रहेको हुनसक्ने जनाइएको छ ।

पुस अन्तिम साता बाल यौन दुराचार आरोपमा क्यानेडियन प्रहरीले क्यानेडियन नागरिकलाई नेपालको एक बाल आश्रममा रहेका पाँच नेपाली बालकमाथि यौन शोषण गरेको आरोपमा पक्राउ गरेको थियो ।

हरी अनुसन्धानका अनुसार अधिकांश त्यस्ता घटनामा दोषी पाइएकाहरूले पीडित तथा उनका परिवारलाई आर्थिक प्रलोभनमा पार्ने, आम नेपालीले सहजै पूरा गर्न नसक्ने खाले आवश्यकता पूरा गरिदिने र कतिपय अवस्थामा विदेश समेत घुमाउने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।

मुलुकी अपराध ९संहिता० ऐन २०७४ को दफा २२५ अनुसार बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने प्रावधान रहेको छ।

निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा समेत यौन दुराचार मानिने उक्त ऐनले बताएको छ। बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यस्तै बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडित बालकको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। साथै कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्था समेत गरेको छ। बाल यौन दुराचारका घटनाहरू कम गर्न र त्यस्ता घटनाबारे थाहा पाउन सरकारले सिविन नेपाल जस्ता संस्थासँग सहकार्य गरेर बाल हेल्पलाइन ९१०९८० स्थापना गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com