अपाङ्गता भएकालाई रेडक्रसको सहयोग


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु आठ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पुयाउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सम्जुरका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

रिस्तीका ३७ र सम्जुरका ४३ लाई जनही रु १०÷१० हजारको दरले कूल रु आठ लाख सहयोग प्रदान गरिएको रेडक्रस सोसाइटी जिल्ला सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि सशक्तिकरण र समावेशीकरण कार्यक्रम’अन्तर्गत उनीहरुको जीविकोपार्जनका लागि सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको वाग्लेले बताए ।
रेडक्रस सोसाइटीले जिल्लाको व्यास नगरपालिकाको रिस्ती, भानु नगरपालिकाको सतिस्वाँरा, रिसिङ गाउँपालिकाको कोटदरबार र रानीपोखरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गरिने बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनप्रतिनिधिद्वारा जनश्रमदान

तनहुँको भिमाद नगरपालिका–९ का जनप्रतिनिधिसहितको टोलीले सोही वडाको बुचाखानी माध्यमिक विद्यालय प्राङ्गण सम्याउन शनिबार जनश्रमदान गरेका छन् ।

विद्यालयको नयाँ भवन निर्माणको क्रममा थुपारिएको माटो र ढुङ्गाले विद्यालय प्राङ्गण अव्यवस्थित बनेपछि वडाध्यक्ष इमान थापाको नेतृत्वमा जनप्रतिनिधिसहितको स्थानीय टोलीले जनश्रमदान गरेको हो ।

जनश्रमदानमा वडा सदस्य शेषबहादुर थापा र बाबुराम राना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज खनाल, प्रधानाध्यापक रामशरण भण्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष प्रदीप थापालगायत १५० भन्दा बढी स्थानीयवासीको सहभागिता रहेको वडाध्यक्ष थापाले जानकारी दिए ।

जनश्रमदानमा सोही वडाको कटनछाप, धरमपानी, बुचाखानी लगायतका स्थानीयवासी सहभागी थिए । विद्यालय प्राङ्गणभित्र डोजर लैजान नमिलेपछि स्थानीयवासीलाई भेला गराएर जनश्रमदान गरिएको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com