लाइसेन्स बिना पढाउन पाइने, अनि बन्छ त देश ?


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

पढाइमा अब्बल र मेधावी विद्यार्थीले लाइसेन्सबिना पनि अध्यापन गराउन पाइने व्यवस्था गर्न पहल थालिएको छ । सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले क्षमतावान् व्यक्तिलाई शिक्षण पेशामा आकर्षित गर्न यस्तो सिफारिस गरेको हो ।

स्नातकोत्तर तहमा तोकिएको विषयमा प्रथम श्रेणी, बी प्लस वा सोभन्दा उच्च ग्रेड ल्याएका व्यक्तिलाई अबदेखि माध्यमिक विषय शिक्षक हुन सक्ने व्यवस्था गर्न आयोगले सरकारलाई सिफारिस गरेको हो । आयोगले बुझाएको प्रतिवेदनमा मेधावी व्यक्तिका लागि शिक्षण गर्न अध्यापन अनुमतिपत्र अनिवार्य छैन ।

क्षमतावान् विद्यार्थीलाई प्रधानाध्यापकले स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको परामर्शमा सोझै रिक्त दरबन्दीमा बढीमा एक वर्षका लागि करारमा नियुक्ति गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com