रानीपोखरीको यो बिजोग !


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिन्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनःनिर्माण गति शून्य रहेको छ ।

विसं २०७२ मा गएको भूकम्पबाट पूर्णरूपमा क्षति भएको ऐतिहासिक रानीपोखरी सोही वर्ष माघ २ गते राष्ट्र प्रमुखबाट शिलान्यास भएको थियो । विसं २०७३ को तिहारका लागि प्रयोगमा ल्याइने भन्दै शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको प्रगति अहिले पनि शून्य नै रहेको छ ।

रानीपोखरी पुनःनिर्माणको जिम्मा काठमाडौँ महानगरको हो । पोखरीको पुनःनिर्माण गर्ने भन्दै यसअघि कामपाले तेस्रोपटक बोलपत्र गरिसकेको छ । पुनःनिर्माणकै लागि अबको केही दिनमा चौथोपटक बोलपत्र आह्वान गर्ने तयारी कामपाको रहेको छ ।

कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार विगत तीन वर्ष रानीपोखरी पुनःनिर्माण कार्य विवादमै रुमल्लिए पनि आगामी तिहारमा प्रयोग गर्न सकिने गरी अब निर्माणको तयारीमा कामपा जुटेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कामपाले पोखरीमा र पोखरी आसपासमा कङ्क्रिट प्रयोग गरेको भन्दै उत्पन्न लामो विवादपछि रानीपोखरीलाई प्राचीन मल्लकालीन शैलीमै निर्माण गर्ने सहमतिका साथ टुङ्गिएको छ । विज्ञ समूहको अध्ययनका आधारमा रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति पनि भइसकेको छ ।

अहिले रानीपोखरी सुख्खा चौरमा परिणत भएको छ । यसअघि जस्तै विवाद भइराख्ने हो भने आगामी तिहारसम्ममा पनि पोखरी बन्ने कि नबन्ने भन्ने अन्योल कायमै छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आउँदो तिहारअघि रानीपोखरीमा पानी भरिने र मन्दिर निर्माण भइसक्ने दाबी गरेको छ ।

रानीपोखरी पुनःनिर्माणका विषयमा भएका विवाद समाधान भइसकेकाले काममा अवरोध नहुने प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले बताउनुभएको छ । “रानीपोखरी पुनःनिर्माणका विषयमा विगतमा ठूलो बहस पनि सिर्जना भयो तर, अहिले विवादलाई टुङ्गो लगाएर अगाडि बढेका छौँ”, ज्ञवालीले भन्नुभयो ।

पोखरीको पिँधमा परम्परागत शैलीकै निर्माण सामग्रीको प्रयोग गरेर पानीलाई रोक्ने व्यवस्था र वरिपरिको पर्खालको पुनःनिर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले लिएको छ । मन्दिर निर्माण भने पुरात्व विभागले गर्नेछ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com