विदेशीसंग विवाह गर्ने, नेपाली नायिकाहरु !


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

हर्षिका श्रेष्ठ / मोडलिङ हुँदै अभिनयमा आएकी अभिनेत्री हर्षिका श्रेष्ठले पनि भारतलाई घर र नेपाललाई माइती बनाइन् । उनको विवाह भारतीय व्यापारी प्रसुन झुनझुनवालासँग भएको छ । हर्षिका र प्रसुनले २०७२ सालमा प्रेमविवाह गरेका हुन् । व्यवसायी प्रसुनको लकत्तामा स्थायी बासिन्दा हुन् । यही कारण विवाहपछि हर्षिका कोलकत्तामै बस्दै आएकी छिन्।

झरना बज्राचार्य / पूर्व मिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्यको विवाह भारतीय मूलका मलेसियन ब्यापारी राहुल अग्रवालसँग भएको छ। विवाहसँगै विदेशीएकी झरना एक सन्तानकी आमा पनि बनीसकेकी छिन्।झरना र राहुलको भेट सिनेमा ‘सेफल्याण्डिङ को छाँयाकंनका क्रममा भएको थियो।

यो सिनेमालाई राहुलले निर्माण गरेका थिए ।राहुलभन्दा पहिले पनि झरनाको ब्रिटिस नागरिक वारेन कारेरसँग नाम जोडिएको थियो जोसँग झरनाले इन्गेजमेन्ट मात्रै गरिनन् केही समय सँगै पनि बसिन् । झरना र वारेनको सन् २००७मा इन्गेजमेन्ट भएको थियो ।

बिपना थापा /अभिनेत्री बिपना थापाको विवाह भारतीय नागरिकसँग भएको छ । भारतको मथुरा निवासी आशुतोष भारद्वाजसँग बिपनाको लगनगाँठो कसिएको हो ।२०६३ सालमामा विवाह गरेर भारत छिरेकी विपना अहिले कुसल गृहणीको रुपमा भारतको मथुरामै छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिपनाका पति आशुतोष व्यवसाय र राजनीतिमा सक्रिय छन्। आशुतोष कांग्रेस कार्यकर्ता हुन् ।आँशुतोष र बिपनाको भेट सिनेमा ‘वरमाला’को छाँयाकंनका क्रममा भएको थियो। यो सिनेमालाई आशुतोषले निर्माण गरेका थिए भने बिपना यसकी मुख्य अभिनेत्री थिईन् । यही क्रममा यी दुई एक अर्काको प्रेममा परेर विवाहबन्धनमा बाँधिएका हुन् ।

सारङ्गा श्रेष्ठ / सारङ्गी, सुनचाँदी, आगो, मिलन, सिन्दुर पोतेलगायतका सिनेमाहरुमा काम गरेकी अभिनेत्री सारंगा श्रेष्ठ पनि विदेशीसँग लगनगाँठो कस्ने सेलिब्रेटीको सूचिमा पर्छिन् ।जीवनमा दुईपटक विवाहबन्धनमा बाँधिएकी उनको पहिलो विवाह अमेरिकी नागरिकसँग भएको थियो । तर उनको पहिलो विवाह खासै लामो समयसम्म टिकेन ।

अमेरिकामा बसोबास गर्दै आएकी सारंगाले अमेरिकी नागरिकसँग सम्बन्धविच्छेद गरेर अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका रमेश कार्कीसँग सन् २०१२मा अदालती विवाह गरिसकेकी छिन् । सारंगा अहिले अमेरिकामै छिन् । जानकारी अनुसार उनी त्यहाँ नृत्य कक्षा सञ्चालन गर्छिन् ।

सिम्पल खनाल / मोडलिङमा आफ्नो नामलाई चर्चित बनाए पछि सिम्पल खनालले म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँग लगनगाँठो कसिन्। नाम सिम्पल भएपनि मोडलिङमा ग्लामर देखिने उनी पेशामा सजिलै सफलभईन तर पहिलो घरजममा जम्न सकिनन्। धेरै शुभचिन्तकलाई अचम्म बनाउँदै म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँगको बैवाहिक सम्बन्ध सिम्पलले अन्त्य गरिन् ।

प्रशन्नसँगअलग भएपछि उनको जीवनमा आए एक विदेशी । देखेको हुँदैन लेखेको हुन्छ भनेजस्तै सम्बन्धबिच्छेदको केही वर्षमै सिम्पलको जीवनमा भारतीय मुलका व्यापारी नदिनको आगमन भयो ।उनले नदिनलाई नै नयाँ जीवनसाथी रोजिन्।

२०७२ सालमा विवाह बन्धनमा बाँधिएका नदिन र सिम्पल अहिले बेलायतमा बसोबास गर्दै आएका छन् । सिम्पलले म्युजिक भिडियोसँगै माझीदाई, अध्याय जस्ता सिनेमामा पनि काम गरेकी छिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com