रूखबाट खसेर एक जनाकाे मृत्यु
प्रकाशित मिति : ५ माघ २०७५, शनिबार
डाेटीको पुर्बीचाैकी गाउँपालिका वडा नम्बर ६ गाँजरीमा एक जना भिरबाट लगेर मृत्युु भएको छ । जाेगी ढाेलीका बर्ष २४ प्रकाश ढाेलीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएको छ ।
अमला टिप्न जंगलमा गएको बेला गाँजरीकाे अखरवाटाे भन्ने ठाउँमा ६० मिटर तल सडकमा खसेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी लालबहादुर धामीले जानकारी दिनु भएको छ । घटनास्थलमा अहिले प्रहरी गईरहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएको छ ।






