यी देशमा पनि छन् मोटरसाइकल लिफ्ट सेवा


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए ।

यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए । केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा निराशा छायो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता सेवा अवरुद्ध नगर्न निर्देशन दिएपछि भने सञ्चालक र प्रयोगकर्ता दुबैलाई राहत मिलेको छ । यस्ता सेवा नेपालमा मात्र होइन विश्वका अन्य देशमा पनि लोकप्रिय छन् ।

जानकारहरूका अनुसार चीनमा मोटरसाइकल ट्याक्सी सन् १९८० देखि १९९० को बीचमा प्रचलित थियो । बेइजिङ, सङ्घाई र ग्वोङझाओमा अहिले पनि यस्तो सेवा पाइन्छ । त्यहाँ यसलाई निकै सस्तो सार्वजनिक यातायातका रूपमा लिने गरिन्छ ।

भारतको गोवामा मोटरसाइकल ट्याक्सी सेवा पाइन्छ । यो अन्य ट्याक्सीभन्दा सस्तो छ । भाडाको ट्याक्सीको कलर पहेंलो र कालो हुनुपर्छ । पछिल्ला वर्षमा भारतका अन्य सहरमा पनि विभिन्न कम्पनीले यो सेवा उपलब्ध गराउन थालेका छन् । भारतका आठ वटा राज्यले दुईपाङ्ग्रे सवारीलाई व्यावसायिक प्रयोजनका लागि बैधता प्रदान गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्बोडियाका अधिकांश सहरमा मोटरसाइकल ट्याक्सीलाई सस्तो सार्वजनिक यातायातका रुपमा लिइन्छ । चालकलाई युनिफर्म दिइएको हुन्छ । चालकलाई हेल्मेट अनिवार्य छ । यात्रुले पनि आफ्नो सुरक्षाका लागि हेल्मेट लगाउन सक्छन् ।

इन्डोनेसियामा लाइसेन्स विनाको यातायातका साधनका रूपमा मोटरसाइकल ट्याक्सी चर्चित छ । यसलाई ‘ओजेक’ नामले चिनिन्छ । भियतनाममा भाडाको मोटरसाइकललाई सामान्य मानिन्छ । त्यसैगरी एसियाका थाइल्याण्ड, फिलिपिन्समात्रै होइन, युरोपको स्वीडेनमा समेत भाडाका मोटरसाइकलहरू चल्ने गरेका छन् ।

यस्तै इन्टरनेटबाट प्राप्त जानकारीअनुसार ब्राजिलमा सन् १९९४ देखि मोटरसाइकल ट्याक्सी सुरु भएको हो । बैङ्क अफ ब्राजिलले १० वटा मोटरसाइकल किनेर भाडामा लगाउन सुरु गरेको जनाइएको छ । बाउरु, साओ पाउलो आदि सहरमा सन् १९९६ बाट यो व्यवसाय सुरु थियो ।

त्यसैगरी मेक्सिकोमा करिब एक हजार भाडाका मोटरसाइकल ट्याक्सी सञ्चालनमा छन् । नाइजेरिया र लाओसमा लाखौंको सङ्ख्यामा मोटरसाइकल ट्याक्सीहरु सञ्चालनमा छन् । अफ्रिकी देशमा पनि भाडाका मोटरसाइकल प्रचलनमा छन् ।

लन्डनमा पनि सन् १९९० बाट भाडाका मोटरसाइकल प्रयोगमा आएका हुन् । अमेरिकाको क्यालिफोर्निया र न्युयोर्क सिटीमा पनि सन् २०११ बाट मोटरसाइकल हायर सर्भिस सुरु भएको हो । क्यामरुनमा पनि मोटरसाइकल ट्याक्सीलाई आम सार्वजनिक यातायात मानिन्छ ।आजको गोरखापत्र दैनिकमा समाचार  छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com