प्रकृत्ति र मानव बिचको सम्बन्ध ‘नेचर गाई’


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

मौलिक कथामा आधारित फिल्म ‘नेचर गाई’ को ट्रेलर सार्वजनिक भएको छ । नेचर गाई म्युजिक भिडियो निर्देशनमा आफूलाई अब्बल सावित गरेका युगल पोमोको डेब्यु निर्देशन हो |

पोमोले करिव २ सय म्युजिक भिडियो निर्देशन गरेका छन् । हिमाली भेगको रमणीय दृश्य समेटिएको तथा प्रकृत्ति र मानव बिचको सम्बन्धलाई फरक तवरले प्रस्तुत गरिएकाले दर्शकको मन जित्नेमा निर्देशक पोमो आशावादी छन् ।

फिल्ममा श्याम राई, सिर्जना सुब्बा, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लांघालीको अभिनय छ । फिल्मको लेखन पनि निर्देशक पोमोले नै गरेका हुन् भने चिफ असिस्टेन्ट डिरेक्टरका रुपमा टेकराज लाङ्घाली रहेका छन् ।

फिल्मको निर्माताहरुमा श्याम इङ्नाम,रेजिन साँबा,हिम सिंगक छन् भने हेमराज अन्छङ्बो र लोक राज आङ्बुहाङ (लोकेन) कार्यकारी निर्माता रहेका छन् । यसैगरी चलचित्रमा संगीत तथा स्वर विक्रम राईको रहेको छ भने शब्द रचना जानु काम्बाङ लिम्बूको रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com