शनिबार दिउसो ३ बजे विशेष घोषणा गर्दै ट्रम्प, नयाँ मोडको संकेत


प्रकाशित मिति : ५ माघ २०७५, शनिबार

भोलि शनिबार दिउसो ३ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रमा कायम रहेको मानवीय संकट र सरकार शटडाउनबारे विशेष सम्बोधन गर्ने भएका छन् । अमेरिकी सरकार शटडाउन जारी रहेको २९ औं दिनमा ट्रम्पको यो विशेष सम्बोधन आउन लागेको हो ।

ट्रम्पले पूर्वीय समय अनुशार दिउसो ३ बजे ह्वाइटहाउसबाट सम्बोधन गर्ने जनाएका छन् । सम्बोधनका क्रममा ट्रम्पले अत्यन्तै महत्वपूर्ण घोषणा गर्ने समेत बताएका छन् । ट्रम्पले संकटकाल घोषणाका सन्दर्भमा समेत विगतदेखि छलफल गरिरहेपनि भोलिको सम्बोधनमा संकटकालको घोषणा गरिने वा नगरिनेबारे ह्वाइटहाउसले केही बताएको छैन ।

ह्वाइटहाउसका प्रवक्ता सराह स्याण्डर्सले सबैलाई ट्रम्पको सम्बोधन हेर्न सुझाव दिएकी छिन् । ह्वाइटहाउसको आधिकारिक फेसबुक र युट्युबबाट ट्रम्पको सम्बोधनको प्रत्यक्ष प्रशारण गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com