शनिबार दिउसो ३ बजे विशेष घोषणा गर्दै ट्रम्प, नयाँ मोडको संकेत
प्रकाशित मिति : माघ ५, २०७५ शनिबार
भोलि शनिबार दिउसो ३ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रमा कायम रहेको मानवीय संकट र सरकार शटडाउनबारे विशेष सम्बोधन गर्ने भएका छन् । अमेरिकी सरकार शटडाउन जारी रहेको २९ औं दिनमा ट्रम्पको यो विशेष सम्बोधन आउन लागेको हो ।
ट्रम्पले पूर्वीय समय अनुशार दिउसो ३ बजे ह्वाइटहाउसबाट सम्बोधन गर्ने जनाएका छन् । सम्बोधनका क्रममा ट्रम्पले अत्यन्तै महत्वपूर्ण घोषणा गर्ने समेत बताएका छन् । ट्रम्पले संकटकाल घोषणाका सन्दर्भमा समेत विगतदेखि छलफल गरिरहेपनि भोलिको सम्बोधनमा संकटकालको घोषणा गरिने वा नगरिनेबारे ह्वाइटहाउसले केही बताएको छैन ।
ह्वाइटहाउसका प्रवक्ता सराह स्याण्डर्सले सबैलाई ट्रम्पको सम्बोधन हेर्न सुझाव दिएकी छिन् । ह्वाइटहाउसको आधिकारिक फेसबुक र युट्युबबाट ट्रम्पको सम्बोधनको प्रत्यक्ष प्रशारण गरिनेछ ।
I will be making a major announcement concerning the Humanitarian Crisis on our Southern Border, and the Shutdown, tomorrow afternoon at 3 P.M., live from the @WhiteHouse.
— Donald J. Trump (@realDonaldTrump) January 18, 2019






