एसाइलम स्वीकृत भएको कतिसमय पछि मैले ग्रिनकार्ड पाउनसक्छु ?


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

एसाइलम स्वीकृत भएको कतिसमय पछि मैले ग्रिनकार्ड पाउनसक्छु ?

तपाईको एसाइलम स्वीकृत भएको मितिले एकबर्षपछि तपाईले ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर तपाई भौतिकरुपमा अमेरिकामा एकबर्ष बसेको हुनुपर्छ ।

यो अवधिमा तपाई ट्राभल डकुमेन्ट बनाएर अमेरिकाबाहिर यात्रा गर्न पनि पाउनुहुन्छ । तर तपाईले नेपालमा आफूलाई ज्यानको खतरा रहेको भन्दै एसाइलम गर्नुभएको छ भने तपाई नेपाल जान मिल्दैन ।

एकबर्ष पुगेपछि ग्रिनकार्ड फाइल गरेर तपाईले ग्रिनकार्ड स्वीकृत हुँदासम्म कुर्नुपर्छ । अहिले ग्रिनकार्डका लागि लामो ब्याकलग रहेकाले पहिले भन्दा निकै लामो समय लाग्ने गरेको छ ।

अमेरिकी नागरिकताको लागि फाइल गर्दा भने एसाइलम स्वीकृत भएको मितिले ५ बर्ष पुरा भएपछि फाइल गर्न पाइन्छ । ग्रिनकार्ड प्राप्त गरेको मितिले नभई एसाइलम स्वीकृत भएको मितिले ४ बर्ष ९ महिना पुगेपछि अमेरिकी नागरिकता आवेदन दिन पाइन्छ ।

(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । कुनै प्रश्न भएमा [email protected]मा इमेल गर्नुहोला ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com