टीपीएसमा रहेको मैले ग्रिनकार्डवाहकसँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ?


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

मेरो टीपीएसको स्टाटस छ । के मैले अमेरिकी ग्रिनकार्डवालासँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ?

ग्रिनकार्डवालासँग विवाह गरेर तत्कालै ग्रिनकार्ड पाउने सम्भावना हुँदैन । किनभने ग्रिनकार्डको दम्पत्तिका लागि भिसा करेन्ट छैन । झण्डै २ बर्षजतिको ब्याकलग रहेको छ ।

तर नेपाली टीपीएस होल्डरको अवधि आगामी जुन २४ मा सकिदैछ । त्यसैले तपाईले जुन २४ भन्दा अगाडि नै अन्यप्रकारको गैरआप्रवासी भिसामा तपाईको स्टाटस परिवर्तन गर्नुपर्छ । तर त्यसका लागि तपाई टीपीएसमा जानुभन्दा अगाडि अद्यावधिक भिसामा रहेको हुनुपर्छ ।

यदि तपाई अन्य गैरआप्रवासी भिसा एड्जस्ट गर्नका लागि योग्य हुनुहुन्छ भने तपाईले त्यस्तो भिसामा रहेर ग्रिनकार्ड होल्डरसँग विवाह गरेको झण्डै २ बर्ष कुरेर स्टाटस परिवर्तन गर्न पाउनुहुनेछ ।

(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । कुनै प्रश्न भएमा [email protected]मा इमेल गर्नुहोला ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com