२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिकी अध्यागमन टिप्स

के मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्न सक्छु ?

मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्दैछु । बैंक एकाउन्ट पनि खोलेको छु । केही समस्या होला कि नहोला ?

एउटा राज्यमा वर्क परमिट लिएर अर्को राज्यमा गएर काम गर्दा समस्या हुनसक्छ । उदाहरणका लागि उहाँले न्युयोर्कको क्वीन्समा बस्ने बताएर न्युयोर्कको अध्यागमन अदालतमा एसाइलमको मुद्दा लड्दै हुनुहुन्छ तर उहाँ टेक्सासमा गएर काम गर्दै हुनुहुन्छ र त्यहाँ बैंक एकाउन्ट पनि खोल्नु भएको छ भने अदालती सुनुवाईका बेलामा समस्या हुनसक्छ ।

यदि उहाँले जहाँबाट वर्क परमिट लिएको हो त्यहाँ नबस्ने कुरा प्रमाणित भएमा जहाँ बसेर काम गरेको हो त्यहाँ मुद्दा स्थानान्तरण हुनसक्छ । यसो हुँदा उहाँको केसमा बर्षौ ढिलाई हुने खतरा समेत रहन्छ ।

उहाँले कुन आधारमा वर्क परमिट लिनुभएको हो, त्यो आधारमा पनि फरक पर्छ । यदि एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड कुरेको अवस्थामा वर्क परमिट लिनुभएको छ भने अमेरिकाभर जहाँ बसेर काम गर्दा पनि समस्या पर्दैन । तर एसाइलमका सन्दर्भमा फरक पर्छ । सेल्फ पिटिशन गर्नेहरुका सन्दर्भमा फरक पर्दैन ।

(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । कुनै प्रश्न भएमा [email protected]मा इमेल गर्नुहोला ।)

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →