फिल्म सुपरस्टारले होइन कथाले चल्छ : दीपिका


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

बलिउड नायिका दीपिका पादुकोणले फिल्म बक्स अफिसमा सफल हुन बिषय बलियो हुनु पर्ने बताएकी छन् । पद्मावत जस्तो हिट फिल्म दिएकी दीपिकाले उदाहरण दिदै भनिन, ‘यो वर्ष तीन खान असफल भए जबकी आयुष्मान खुरानाको अन्धाधुन र राजकुमार रावको स्त्रीले राम्रो व्यापार गर्याे । सुपरस्टारले फिल्म चल्ने होइन स्क्रिप्टले फिल्म चल्छ भन्ने सावित भएको छ ।’

नले भनिन, ‘निर्देशकहरु आज अभिनेत्रीको भुमिका परिर्वतन गर्दै हुनुहुन्छ । यद्पी तपाई कहानी प्रधान हुनुहुन्छ भने निर्देशकले कहानी परिर्वतन गर्नको लागि फिल्म टिमसँग कुरा गर्नु हुन्छ । तपाईहरुले नै सुन्नु भएको होला तीन चार वर्ष अगाडी हिरोलाई अफर गरिएको फिल्म अहिले हिरोइनलाई अफर गर्न थालेका छन् । जुन निकै ठूलो उपल्बधी हो ।’

उनले थप्दै भनिन, ‘अहिले हिच्की, तुम्हारी सुलू, राजी, पीकू जस्तो महिला प्रधान फिल्मले राम्रो प्रर्दशन गर्याे । तर रचनात्कमताको कुरा गर्ने हो भने महिला पुरुषको दायराबाट अगाडि बढनु पर्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com