भारतीय काेठीबाट नेपाली किशोरीकाे उद्धार, दलाल प्रहरीकाे हिरासतमा


प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार

 ‘माइती इन्डिया’ले नयाँ दिल्लीमा बिक्री गरिएकी एक नेपाली किशाेरीको उद्धार गरी नेपाल पठाएको छ। नयाँ दिल्लीको जिबी रोडको कोठी नं. ६४ को तेस्रो तल्लाबाट उषा राई (परिवर्तित नाम)लाई नेपाल प्रहरीको सूचनाको आधारमा उद्धार गरिएको हो।

समाजसेवी बालकृष्ण पाण्डे र दिल्ली प्रहरीको सहयोगमा उद्धार गरी नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)लाई जिम्मा लगाइएको ‘माइती इन्डिया’ले जनाएको छ।

पीडित महिलासहित अन्य ४ जनालाई पनि ६/६ लाख रुपैयाँका दरले बेचेको बताइएको छ। उनीहरुलाई बिक्री गर्ने कार्यमा स‌ंलग्न भएकाे अभियाेगमा सिआइबीले सुनसरीस्थित धरान-१७ का ३१ वर्षीय छोङहाङ राई भनिने सन्तोष राईलाई पक्राउ गरी हिरासतमा लिएकाे छ।

उषा राईको पिताको मृत्यु भइसकेको छ भने आमा वैदेशिक रोजगारीमा रहेको बताइएको छ। पीडित राई ७ कक्षामा अध्ययनरत थिइन्। छिमेकी सन्तोष राईले ललाइफकाई महिनाको ३० हजार रुपैयाँको जागिर लगाइदिने भन्दै उनीसहित ४ किशोरीलाई जोगवनी हुँदै नयाँ दिल्ली पुर्‍याएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘माइती इन्डिया’ले भारतका विभिन्न स्थानबाट तीन महिनाभित्र एक सय ११ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com