ग्रीन इन्टरनेशनलमा नयाँ नेतृत्व


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

सुलोचना गुरुङ रोका मगरको नेतृत्वमा ग्रीन इन्टरनेशनल क्लवको नयाँ नेतृत्व चयन भएको छ । क्लवको शनिबार काठमाडौंमा भएको पहिलो अधिवेशनले मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । यो क्लव स्थापनाकालेदेखि खेलकुद, वातावरण र प्राकृतिक प्रकोपमा सक्रिय रहँदै आएको छ ।

सन् २०१५ मा सयौं भुकम्प पीडितलाई आर्थिक तथा भौतिक सहयोग पुर्याएको यो क्लव त्यतिबेला देखिनै चर्चामा आएको हो । अधिवेशन समाजसेवी दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।विशेष अतिथी संगीतकार तथा गायक शम्भु राई थिए । अतिथी वक्ता कफि क्लव नेपाल ललितपुरका अध्यक्ष सीता राना थिइन् ।

अधिवेशनले उपाध्यक्षहरुमा धनबीर राई, हेन्खामा साङ्मेन राई, जन्मजय साङपाङ, कोषाध्यक्षमा जयन्ती लावती, सह कोषाध्यक्षमा सरिता लावती, सचिवमा सम्पदा योङ्या र सहसचिवमा सुनिता राईलाई चयन गरेको छ । यसैगरी, सदस्यमा उमेश राई, र रश्मी राई चयन भएको क्लवका संस्थापक अध्यक्ष रमेशचन्द्र राईले बताए । संस्थापक अध्यक्ष राई अभिनेता तथा फिल्म प्रोड्युसर हुन् । उनको अगुवाईमा २०७३ मा यो क्लव स्थापना भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजधानीमा भएको अधिवेशनमा भाग लिन ताप्लेजुङ जिल्ला कार्य समितिको प्रतिनिधित्व गर्दै कमला खड्का र संगीता मादेन, झापा जिल्ला कार्यसमितिको प्रतिनिधित्व गर्दै हिलिहाङ लिम्बू र सन्तोष लिम्बू, सुनसरीको प्रतिनीधित्व गर्दै, मनि काङमाङ र रेश्मी मोक्तान र पाँचथरको प्रतिनीधित्व विवेक लिम्बू र विष्णु चाम्लिङ आएका थिए । अधिवेशनको संयोजन क्लवका एम्बासेडर विशाल राईले गरेका थिए । क्लवका संस्थापक संरक्षक केशवराम राई हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com