रेमिट्यान्स बढेको बढ्यै, ५ महिनामा भित्रियो ३ खर्ब ७६ अर्ब


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घट्दै गए पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने निरन्तर बढिरहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा रेमिट्यान्स बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब १२ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।

५ महिना अर्थात मंसिर मसान्तसम्म आइपुग्दा रेमिट्यान्स बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९.८ प्रतिशतले वृद्धि भई रु.४२८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४०.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटे पनि रेमिट्यान्स भने लगातार बढीरहेको राष्ट्र बैंकले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com