रेमिट्यान्स बढेको बढ्यै, ५ महिनामा भित्रियो ३ खर्ब ७६ अर्ब


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घट्दै गए पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने निरन्तर बढिरहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा रेमिट्यान्स बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब १२ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।

५ महिना अर्थात मंसिर मसान्तसम्म आइपुग्दा रेमिट्यान्स बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९.८ प्रतिशतले वृद्धि भई रु.४२८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४०.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटे पनि रेमिट्यान्स भने लगातार बढीरहेको राष्ट्र बैंकले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com