न्युयोर्कमा हिमपात हुँदै, नुन छर्ने ७ सय गाडी तयार


प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार

बिहिबार रातीदेखि न्युयोर्कमा हिमपात हुने मौसमविदहरुको चेतावनीपछि न्युयोर्कसिटीको सरसफाई विभागले सडकमा नुन छर्नका लागि ७ सय गाडीहरु तयारी अवस्थामा राखेको छ । शुक्रबार विहानैदेखि सुरुहुने हिमपात आइतवारसम्म जारी रहने मौसमविदहरुले बताएका छन् ।

शनिबारसम्म हिउँ सोहोर्ने गाडीहरुको आवश्यकता नपर्ने देखिएको छ । शनिबार र आइतवारका लागि हिउँ सोहोर्ने गाडीहरु पनि परिचालन गरिने भएको छ ।

शुक्रबारको तापक्रम खासै चिसो नभएपनि शनिबारविहानै देखि पुन हिमपात सुरु हुने जनाइएको छ । सप्ताहन्तमा न्युयोर्क सिटीमा ६ इन्चसम्म हिमपात हुने मौसमविदहरुको भनाई छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com