बिहिबार रातीदेखि न्युयोर्कमा हिमपात हुने मौसमविदहरुको चेतावनीपछि न्युयोर्कसिटीको सरसफाई विभागले सडकमा नुन छर्नका लागि ७ सय गाडीहरु तयारी अवस्थामा राखेको छ । शुक्रबार विहानैदेखि सुरुहुने हिमपात आइतवारसम्म जारी रहने मौसमविदहरुले बताएका छन् ।
शनिबारसम्म हिउँ सोहोर्ने गाडीहरुको आवश्यकता नपर्ने देखिएको छ । शनिबार र आइतवारका लागि हिउँ सोहोर्ने गाडीहरु पनि परिचालन गरिने भएको छ ।
शुक्रबारको तापक्रम खासै चिसो नभएपनि शनिबारविहानै देखि पुन हिमपात सुरु हुने जनाइएको छ । सप्ताहन्तमा न्युयोर्क सिटीमा ६ इन्चसम्म हिमपात हुने मौसमविदहरुको भनाई छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।