‘प्रसाद’का दुबै गीत एकैसाथ करोड क्लवमा !


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

फिल्म ‘प्रसाद’ मा समावेश दुई गीत एकैसाथ करोड क्लवमा प्रवेश गरेका छन् । ‘प्रसाद’ को ‘लै लै’ र ‘बनकी चरी’ बोलको गीतले एक करोड भ्युज पाएको हो । यस फिल्ममा तीन गीत सामावेश छन  ।

‘लै लै’ गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको छ । उक्त मार्मिक गीतले निकै दर्शक श्रोताको मन जित्न सफल भएको छ । केतन क्षेत्रीको स्वर रहेको गीतमा गणेश शाहीको शब्द र सुभाष भुसालको संगीत रहेको छ । संगीत संमायोजन उदयराज पौडेलले गरेका छन् ।

रुपक डोटेल र अन्जु पन्तको स्वर रहेको गीतमा निश्चल बस्नेत, विपिन कार्की, अन्जली शर्माले फिचरिङ गरेका छन् । बि. पाण्डेको शब्द रहेको गीतमा सुवाष भुषालले संगीत भरेका छन् । यो गीतमा संगीत संमायोजन उदयराज पौडेलले गरेका छन् ।

दिनेश राउतले निर्देशन गरेकोे फिल्ममा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ । निःसन्तान दमत्तीको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् । सुभाष थापाले निर्माण गरेको फिल्म ‘प्रसाद’ गएको मंसिर २१ गते प्रदर्शनमा आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com