अमेरिकामा नै जन्मेहुर्केर सेनामा काम गरेका व्यक्ति अध्यागमनको हिराशतमा


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

मिशिगनमा जन्मे हुर्केका अमेरिकाकै जन्मजात नागरिक जिल्मर रामोस गोमेजलाई अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन भन्दै तीनदिन हिराशतमा राखेको छ । अमेरिकी सेनामा रहेर अफगानिस्तानमा झण्डै तीनबर्ष काम गरेका उनलाई गत डिसेम्बरमा आइसको हिराशतमा राखिएको खुलासा भएको छ ।

२७ बर्षीय गोमेजले आइससँगको अन्तरवार्ताका क्रममा आफू विदेशी रहेको र अमेरिकामा कागजपत्रविहिन रहेको बताएको आइसका अधिकारीहरुले दाबी गरेका छन् । तर गोमेजले सन् २०११ को अक्टोबरदेखि सन् २०१४ को अगस्तसम्म अमेरिकी सेनामा रहेर काम गरेका थिए । सेवाका क्रममा उनले कैयन मेडलहरु समेत प्राप्त गरेका थिए ।

विगतको दर्दनाक घटना विर्सन नसकेर चिन्ताग्रस्त हुने रोक पीटीएसडीबाट पीडित भएपछि उनी सैन्य सेवाबाट घर फर्किएका थिए । गत नोभेम्बरमा उनले मिशिगनको एउटा अस्पतालमा सानोतिनो आगो लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले अदालतसमक्ष आफ्नो गल्ती स्वीकारेपछि उनलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । तर स्थानीय अधिकारीहरुले उनलाई थुनामुक्त गर्नुको साटो आइसको जिम्मा लगाएका थिए । त्यसपछि आइसले उनलाई तीनदिन हिराशतमा राखेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि फिलाडेल्फियामा जन्मिएका अमेरिकी नागरिक पिटर सियन ब्राउनलाई पनि आइसले फ्लोरिडामा हिराशतमा राखेको थियो । लस एन्जलस टाइम्सले गरेको अनुसन्धान अनुशार आइसले सन् २०१२ यता १४ सय व्यक्तिलाई अमेरिकी नागरिक दावी अनुसन्धानपछि हिराशतमुक्त गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com