तरुल, चाकु, तिलको लड्डु, सेलरोटी खाँदै न्यूयोर्कमा मनाइयो येले संवत्


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

– दिवस कोयू 

अमेरिकामा बसोबास गर्ने किरात राईहरुले सामूहिक रुपमा किरात येले संवत् ५०७९ मनाएका छन् ।

किरात राई सोसाईटी अफ अमेरिका न्यर्योक च्यापटरको आयोजनमा येले संवत् ५०७९ मनाइएको हो । येले संवत् किरात राई, लिम्बू, याक्खा, सुनुवारलगायत समुदायको साझा सांस्कृतिक तथा एतिहासिक संवत् हो । यसलाई किरात समुदायले  नयाँ वर्षको रुपमासमेत मनाउन थालेका छन् ।

तरुल, चाकु, तिलको लड्डु, सेलरोटी खाँदै अमेरिकामा  येले संवत् मनाइएको हो । कार्यक्रममा येले संवत्को साँस्कृतिक तथा एतिहासीक महत्वको बारेमा  छलफल तथा अन्र्तगतकृया भएको बताउँदै किरात राई सोसाईटी अफ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष भारती राईले भन्नुभयो । ‘संस्कार संस्कृतिको महत्वबारे बालबालिकाहरुलाईसमेत सहभागिता गराउँदैै  सांस्कृतिक पुस्तान्तरणको अभ्यास अमेरिकामा प्रथम पटक गरिको हो ।’

उक्त कार्यक्रममा संस्थाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष खगेन्द्र राईले येले संवत्कोे ऐतिहासिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै येले संवत्ले किरात विरासत र इतिहासलाई मात्रै पहिचान नगर्ने बरु नेपालकै पहिचान र इतिहासको प्रतिनिधित्व गरेका बताउँदै भनुभयो ‘नेपाल सरकारले यसलाई कामकाज सम्वत् रुपमा मान्यता दिनु पर्छ ।’

प्रथम किरात राजा यलम्वरले नेपालमा शासन गरेको समयलाई मानेर येले संवत् प्रचलनमा ल्याइएको हो ।

यस संवत्लाई किरात राईहरुले येले दोङ तथा येले दुङ भन्दछन् भने लिम्बूहरुले येले तङ्बे र सुनुवारहरुले येले थोचे भन्ने गरेको पाइन्छ ।

काठमाडौं उपत्यकामा किरात राजाका ३२ पुस्ताले शासन गरेको इतिहास छ । इतिहासकार तथा विज्ञहरुका अनुसार नेपालमा किरातहरुले करिब १८ सय वर्ष शासन गरेका थिए । किरात समुदायले हरेक वर्ष माघ १ गते येले संवत् मनाउने गरेका छन् ।

फोटो : दीपा राई

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com