मुस्ताङी राजाको सम्झनामा न्युयोर्कमा कार्यक्रम, छोरालाई नयाँ राजा मान्ने घोषणा


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

मुस्ताङका पूर्वराजा जिग्मी पलबर बिष्टको दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै न्युयोर्कका मुस्ताङीहरुले पूजापाठ गरेका छन् । लो न्याम्सिप एसोसिएशन ( उपल्लो मुस्ताङ ) न्युयोर्कको आयोजनामा हजार बती र हजार प्रसादको पुजा कार्यक्रम सम्पन्न भएको हो ।

राजाप्रति मुस्ताङका जनसमुदायको आस्था रहेकाले कार्यक्रम गरिएको एसोसिएशनका अध्यक्ष नर्बु ग्यालजेन बिष्टले बताउनुभयो । मुस्ताङ किदुग युएसएका कार्यवाहक अध्यक्ष राज कुमार बिष्टले नेपालको राजनीतिक र शासन व्यवस्था जस्तो रहेपनि मुस्ताङी जनताले जिग्मी पलबर बिष्टपछि उहाँका छोरा राजकुमार जिग्मी सिङगे पलबर बिष्ट (ग्याजुङ ) लाई मनको राजा मान्ने जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com