पत्रकार न्याैपानेको ‘मार मलाई जलाउ मलाई’


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

पत्रकार रामचन्द्र न्याैपानेद्वारा अभिनित म्युजिक भिडियाे युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे छ ।

मार मलाई जलाउ मलाई बाेलकाे गितमा बनाईएकाे लाेकगीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे हाे ।  सम्पुर्ण छायांकन डाेल्पामै गरिएकाे भिडियोमा स्वर अमित बाबु राेकाय र शारदा धितालकाे छ भने सुनिल दाहालले संगित दिएकाछन् ।

बादल न्यौपानेको सम्पादनमा तयार भएको उक्त लोक दोहोरी गीतको म्युजिक भिडियोको छायांकन र निर्देशन नव कलाकार लक्ष्मण देवकोटाले गरेका छन्।

भिडियोमा पत्रकार रामचन्द्र न्यौपाने र सुनिता बुढाको उत्कृष्ट अभिनय देख्न सकिन्छ।   ‌प्रचुर सम्भावनाकाे खानी डाेल्पालाई देश बिदेशमा चिनाउने र सांगीतिक क्षेत्रमा थाेरै भएपनि याेगदान पुर्‍याउने लक्ष्य अनुरुप सम्पुर्ण छायांकन डाेल्पामै गरिएको निर्देशक देबकाेटाले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com