सुन्दरीका लागि राजगद्दी त्याग


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

मलेसियाका सुल्तान मोहम्मद पाँचौंले एक सुन्दरीका लागि राजगद्दी त्याग गरेका छन् । मलेसियाका ४९ वर्षीय राजा मोहम्मद रुसी सुन्दरीको प्रेममा थिए । सुल्तानले ती सुन्दरीसँग विवाह गर्न चाहेकाले राजगद्दी त्यागेको बताइएको छ । एक्काइसौं सताब्दीमा पनि प्रेमका खातिर राजगद्दी परित्याग गरिएको यो घटना पछि फेरि एक पटक पुरानो इतिहास मात्र दोहोरिएको छैन, त्यसले सारासंसारलाई नै आश्चर्यचकित तुल्याएको छ ।

मलेसियाका सुल्तान मोहम्मदको १८ महिनाअघि मिस मस्कोको उपाधि जितेकी सुन्दरी ओक्साना भोइभोदिनसँग भेट भएको थियो । केही संचारमाध्यमले मोहम्मद र २५ वर्षीया सुन्दरी ओक्सानाबीच गोप्य रूपमा विवाह सम्पन्न भैसकेको बताइरहेका छन् । उनीहरूले मोहम्मदले राजगद्दी त्याग्नुको मुख्य कारण ओक्सानासँग विवाह गर्नु नै रहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा मोहम्मद र ओक्सानाका केही अन्तरंग तस्बिर सार्वजनिक भएपछि सुल्तानले ती रुसी सुन्दरीसँग विवाह गरिसकेको कुरालाई बल मिलेको छ ।

मिस मस्कोको उपाधि पाएकी ओक्साना मोडल तथा फेसन डिजाइनर समेत हुन् । युरोपमा पहिलो पटक भेट भएपछि झाँगिएको सुल्तान र सुन्दरीको प्रेम विवाहमा परिणत हुनुअघि ओक्सानासमक्ष इस्लाम धर्म स्वीकार गर्नुपर्ने सर्त राखिएको थियो । त्यसलाई ओक्सानाले स्वीकार गरिसकेको बताइन्छ । विवाहको प्रसंग चल्नुअघि सोसल मिडियामा निकै सक्रिय ओक्साना राजपरिवारसँग जोडिने भएपछि सामाजिक सञ्जालहरूमा समेत देखापर्न छाडेकी थिइन् ।

ब्रिटेनको उपनिवेशबाट सन् १९५७ मा स्वतन्त्र भएपछि मुस्लिम बाहुल्य मलेसियामा शाही परिवारका सदस्यहरू मात्र सुल्तान हुन पाउने नियम छ । यो नियमअनुसार त्यहाँका सुल्तानको पदाबधि ५ वर्षको हुन्छ । मोहम्मद पाँचौंले १५ औं सुल्तानका रूपमा सन् २०१६ मा राज्याभिषेक गरेका थिए । मलेसियामा राजघरानालाई सम्मानपूर्वक हेरिने र राजपरिवारको आलोचना हत्तपत्त नहुने हुनाले पनि मोहम्मदले राजगद्दीलाई विवादमा नपार्न पद त्याग गरेको बताइदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com