न्युयोर्कमा बेथेल नेपाली चर्चमा येशुको जन्मोत्सव


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

बेथेल नेपाली चर्चद्वारा एक कार्यक्रमको आयोजना गरी डिसेम्बर २५ का दिन ख्रीष्टमस धुमधामसँग मनाएको छ । वुडसाइड स्थित वुडसाइड बाप्तिष्ट चर्चको हलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली समुदाय तथा बिदेशी समुदायबाट गरी २०० भन्दा बढी पाहुनाहरुको उपस्थिति रहेको थियो । सोनु गुरुंगको संचालन र डेभिड चटौतको स्वागत तथा शुरुको प्रार्थनाबाट प्रारम्भ भएको उक्त कार्यक्रममा नाटक, बालनृत्य, गीतहरु मार्फत सुसमाचारको सन्देश दिइएको थियो ।

कलाकारहरु बिजु सापकोटा, उर्मिला लाम्गादे, सश्मिता राई, राजेन्द्र पाण्डे, दान राई, सकुना राई, अमर पाख्रीन, सन्देश श्रेष्ठ, आयुब राई, शान्ती घिसिंग, रुथ घले रेजिना श्रेष्ठ, सोनिया पुन, ममता श्रेष्ठ, रिंकु सोदेम्बा, पुष्पा राई, माइकल तामांग र छत्र राप्चा द्वारा येशु ख्रीष्ट महिमित हुने बिभिन्न गीतहरु प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी बिमल थापा, जोन रिजाल, माइकल तामांग र रुथ घले द्वारा सन्देशमूलक नाटक प्रस्तुत गरी दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाष्टर पावल राईले पवित्र बचन बाढ्ने क्रममा ख्रीष्टमसको दिनको महत्वमाथि प्रकाश पार्दै प्रभु येशू ख्रीष्टको जन्म पृथ्बीमा हुनु भनेको मानव जातिको निम्ति सबैभन्दा ठूलो उपहार भएको कुरा बताउनु भयो । पाष्टर राईले भन्नु भर्यो जब मानव जाति पापमा चुर्लुम्म डुबे तब प्रभु येशु मानवको चोला लिएर यस धर्तीमा आई सबै पापीहरुलाई पाप मुक्त गरी सबै मानव जातिहरुलाई उद्वार, मुक्ति र अनन्त जीवन प्रदान गर्नु भयो । मानव जातिलाई अगापे प्रेम सिकाएर मानवहरुको सबै अपराधहरुको निम्ति बलि चढ्नु भयो अनि फेरि तेस्रो दिन मृत्युबाट जीवित हुनु भयो ।

रायन लाम्गादेले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई धन्यबाद दिदै अन्तिमको प्रार्थना गरी कार्यक्रम समापन गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com