शाहरुखले डनका लागि छाडे, सेल्यूट !


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

शाहरुख खानले फिल्म सेल्युट छाडेका छन् । शाहरुख अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक फिल्म ‘सेल्यूट’ले गर्दा लामो समय देखि चर्चामा थिए ।

पहिला यो फिल्मको नाम ‘सारे जहाँ से अच्छा’ राख्ने भनिएको थियो तर पछि ‘सेल्यूट’ राखिएको हो । शाहरुखले निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’को लागि सेल्यूट छोडेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

यसअघि निर्माताहरुले आमिर खानलाई यो फिल्मका लागि अफर गरेका थिए । तर आमिरले आफ्नो व्यस्तताका कारण शाहरुखको नाम प्रस्ताव गरेका हुन् । यो फिल्ममा दंगल गर्ल फातिमा सना शेख शाहरुखको अपोजिट रहने चर्चा चलेको थियो ।

‘जिरो’ फिल्म फ्लप भएपछि शाहरुख खानले दर्शकको मन जितिसकेको फिल्म ‘डन’ को तेस्रो भाग लिएर आउने तयारीमा लागेका हुन् । ओरालो लाग्दो फिल्मी करियर जोगाऊनको लागि शाहरुखले डन ३ साइन गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com