१० बर्ष एक्लै बिताएको रोमियो नामको दुर्लभ भ्यागुताले पाउने भयो जुलियट


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

१० बर्ष एक्लै बिताएको रोमियो नामको दुर्लभ पानी भ्यागुताले आगामी भ्यालेन्टाइन्स डेको दिनमा जोडी पाउने भएको छ । बोलिभियाको म्युजियममा राखिएको सेहोयन्कस नामको प्रजातीको यो भ्यागुतो उक्त प्रजातीको सम्भवत अन्तिम जीवित भ्यागुतो भएको बैज्ञानिकहरुले बताएका छन् ।

ठूला ठूला आँखा भएको उक्त भ्यागुतोको प्रजातीको संरक्षणका लागि गतबर्ष चर्चित डेटिङ म्याच डटकम नामको वेवसाइटमा जोडी समेत खोजिएको थियो । वेवसाइटमा बनाइएको प्रोफाइलमा कहिले पनि विवाह नभएको र बच्चाबच्ची समेत नभएको तर बच्चाबच्ची जन्माउन इच्छुक रहेको उल्लेख गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म्याच डटकममा प्रोफाइल राखेको झण्डै एकबर्षपछि रोमियोको लागि जोडी भेटिएको र उसको नाम जुटियट राखिएको वैज्ञानिकहरुले जनाएका छन् । आगामी भ्यालेन्टाइन्स डेको दिनमा रोमियो र जुलियटको भेटघाट गराइने भएको छ ।

वैज्ञानिकहरुले लामो प्रयासपछि एउटा भ्यागुता भेटेका थिए तर उक्त भ्यागुता पनि भाले रहेको पाइएपछि वैज्ञानिकहरु निराश भएका थिए । तर उनीहरुले लगातार खोज जारी राखेपछि ४ वटा भ्यागुताहरु भेटाए, जसमा दुईवटा भाले र दुईवटा पोथी थिए । त्यसमध्ये एउटा उत्पादनका लागि परिपक्व थियो भने अरु बच्चै थिए ।

उक्त परिपक्व भ्यागुताको नाम जुलियट राखेर भ्यालेन्टाइन्स डेको दिनमा भेट गराउन लागिएको हो । दुई भ्यागुताबीच आकर्षण हुने र रोमियोको प्रजाति जोगाउन सफल हुने वैज्ञानिकहरुले विश्वास लिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com