छोरा क्यान्सर मुक्त भएपछि बलिउड अभिनेता इमरानले लेखे यस्तो स्टाटस !


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

बलिउड अभिनेता इमरान हाशमीले सोमबार आफ्नो छोरा आयान हाशमी क्यान्सरबाट मुक्त भएको खुलासा गरेका छन् । उनको ९ वर्षिय छोरा अयान पछिल्लो ५ वर्ष देखि किडनी क्यान्सरबाट पिडित थिए ।

इमरानले सामाजिक सञ्जालमा अयानको र उनको हाँस्दै गरेको तस्विर सार्वजनिक गर्दै स्टाटस समेत लेखेका छन् । उनले लेखेका छन् ‘आज ५ वर्ष पछि अयान क्यान्सबाट मुक्त भएको छ ।

यो एकदमै लामो यात्रा थियो । तपाइहरु सबैको शुभकामना, माया र प्रार्थनाको लागि धेरै धेरै धन्यवाद । क्यान्सरसँग लडिरहनु भएको सम्पूर्णलाई मायाका साथै भगवानसँग प्राथना गर्छु । यो तपाईहरुको एक्लो लडाईं हो, आफुप्रति आशा र विश्वास गर्नु अवश्य पनि लडाई जित्न सकिन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इमारानले बिलाल सिद्धीसँग ‘द किस अफ लाइफ हाउ ए सुपरहिरो एण्ड माई सन डिफीटेड क्यान्सर’ नामक पुस्तक लेखेका छन् । क्यान्सरको बारेमा जनचेतना फैलाउने उद्देश्यले उनले उक्त किताब लेखेका हुन् । साथै कसरी सुपर हिरो अर्थात मेरो छोरा क्यान्सर जस्तो भयानक रोगसँग लड्यो भन्ने कुरा इमरानले ‘द किस अफ लाइफ’ मा उल्लेख गरेका छन् ।

आयानको जन्म २०१० मा भएको थियो । आयान इमरान र उनकी पत्नी परवीन शाहनीको पहिलो सन्तान हुन् । ३ वर्षबाटै आयान क्यान्सर पिडित भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com