पुसमा पिए नियुक्ति, साउनदेखिकै तलब !


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

सुदूरपश्चिम प्रदेशका सांसदहरुले पुसमा पिए नियुक्त गरेपनि साउनदेखिकै तलब लिएका छन् । २५ असोजमा ऐन पारित गर्दै साउनदेखिकै तलब लिने व्यवस्था गरिएको पाइएको छ ।

सांसदहरुले साउनदेखि तलब सुविधा खल्तीमा हालेपनि असोजदेखि यता मात्रै पिए नियुक्त गरेका छन् । असोजमा कांग्रेसका ८, नेकपाका १९ र राजपाका २ सांसदले पिए नियुक्त गरेका थिए भने कात्तिकमा कांग्रेसका १ र नेकपाका ५ सांसदले पिएलाई नियुक्ति दिएका थिए ।

यस्तै मंसिरमा नेकपाका १ जनाले र पुसमा नेकपाका २ र कांग्रेसका १ जना सांसदले पिए नियुक्त गरेका छन् ।

हालसम्मको अभिलेखअनुसार चार जना सांसदका पिएले मात्र आफ्नै खातामा तलब सुविधा पाउने गरेका छन् । दुई जना सांसदले हालसम्म पनि पिए नियुक्त गरेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com