बुलबुलमा नायिका स्वस्तिमाको भिन्न रुप !


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

नायिका स्वस्तिमा खड्का अभिनित फिल्म बुलबुलको ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेट लामो ट्रेलरमा स्वस्तिमाको विभिन्न रुप देखिएका छन् ।

विनोद पौडेलको कथा, पटकथा र निर्देशन रहेको फिल्म बुलबुल माघ ३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा स्वस्तिमासँगै मुकुन भूषाल, जोयश पाण्डे, लक्ष्मी वर्देवा, दिपक क्षेत्री, उज्जवल अधिकारी र एलिना कार्कीको अभिनय छ ।

फिल्म निर्माणमा अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले सहकार्य गरेका छन् । कार्यकारी निर्मातामा राजाराम दाहाल छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com