माघी पर्व : गोरु जुधाई प्रतियोगिताका रोचक जानकारी !


प्रकाशित मिति : माघ १, २०७५ मंगलबार

The locals watch bullfighting during the Maghesangranti festival at Taruka village in Nuwakot district, about76 kms from Kathmandu, on January 15, 2016. Photo:Balkrishna Thapa Chhetri/THT

ढापाकाहरुका अनुसार नुवाकोट, धादिङ र रसुवामा नेपाल एकीकरण पूर्व नै गोरु जुधाउने प्रतियोगिता हुदै आएको थियो । यद्यपी यसको ठोस इतिहास यतिनै बेला नभएपनि विसं १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्मशेरले तारुकालाई विर्ता दिएको सन्दर्भसंग नजिक छ । तत्कालीन बझाङी राजा विक्रम बहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको बताइन्छ ।

बाजागाजासहित जयपृथ्वीबहादुर सिंहलाई मनोरन्जन दिन स्वागत सत्कारस्वरुप माघे संक्रान्तिको दिन यस्तो कार्यक्रमको आयोजना भएको बुढापाकाहरु बताँउछन् ।

गोरु जुधाउने प्रतियोगिता तत्कालीन समयमा मनोरन्जन दिनकै लागि शुरुवाति गरेको पाइन्छ । कृषिका सबै काम सकिएपछि विशेष चाड पर्वको अवसर पारेर रमाइलो गर्न थालिएको इतिहास छ । तत्कालीन समयमा आज जस्तो मनोरन्जनका साधनको उपलब्धता नभएको अवसरमा यस्ता खेलहरुबाटै मरोरञ्जन लिने गरिन्थ्यो । कृषि कर्म सकेपछि किसानहरुले बलियो गोरु जुधाएर मनोरन्जनसंगै आफ्नो सोख देखाउन समेत यस्ता प्रतियोगिता भएको पाइन्छ ।

गोरु जुधाएर इतिहासको निरन्तरतालाई अगाडि बढाउने प्रकृयाहरु केही समय अवरुद्ध पनि भएका थिए, । तर २०६० को दशक पछि स्थानीय यूवाको सक्रियतामा तारुकामा गोरु जुधाउने प्रतियोगिता पुनः संचालन हुन थाल्यो । यस अघि जिल्लाका विभिन्न स्थानमा खेलाउने गरिए पनि आकर्षणकै रुपमा यसको प्रचार प्रचार, प्रवद्र्धन एवं संरक्षण सम्वद्र्धन गर्न भन्दै युवाहरुले तारुकामा प्रतियोगिता गर्नथालेको स्थानीय अगुवा यूवा बताउंछन् । सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न गोरु जुधाईको प्रतियोगिता गरिएको उनीहरुको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माघी पर्वको अवसर पारेर नुवाकोटमा गोरु जुधाई प्रतियोगिता वर्षेनी हुने गर्दछ । स्थानीय किसानका बलिया गोरुहरुबीच घम्साघम्सी गराइन्छ । गाँउभरि बलिया गोरुहरुको बीचमा प्रतिस्पर्धा गराइन्छ अनि पुरस्कार समेत दिने गरिन्छ । माघे संक्रान्तिको दिन तारुकामा तारुकाको पौरख नेपालको गौरव भन्ने नारासहित तारुकाको कटहरबोटस्थित बारी पाटामा गोरुहरुलाई जुधाइन्छ ।

करिब सवा दशकदेखि पुनः निरन्तरता पाएको गोरु जुधाई प्रतियोगितामा किसानहरुले दर्ता गरि गोरु लडाउछन् । यस वर्षको माघे संक्रान्तिका दिन २० हल गोरु जुधाउने गरिएको छ । यस वर्षको गोरु जुधाई तारुकाको कटहरबोटस्थित बारी पाटामा गरियो ।
हुन त, अन्य जिल्लामा पनि यस्ता गोरु जुधाउने खेल हुने गरेका छन् । तर तारुकामा भने प्रवद्र्धन गर्ने उद्देश्यले वर्षेनी हजारौ दर्शकको सहभागितामा रोमान्चारकारी सांस्कृतिक खेल खेलाउने गरिएको छ

तत्कालीन समययतादेखि तारुकामा किसानले माघे सक्रान्ति पर्वको अवसर पारेर बलिया र अजंगका गोरु जुधाउदै आएका छन् । तारुकामा करिब एक सय पचास वर्ष भन्दा बढी लामो समयदेखि गोरुको बीचमा घम्साघम्सी गराइदै आइएको छ । गोरु जुधाई इतिहास लामै भए पनि बीचका केही समयमा यो प्रतियोगिता छाँयामा परेको थियो । २००७ साल पछिका राजनीतिक घटनाक्रम र आरोहअवरोहले यसलाई ओझेलमा पारेको बुढापाकाहरु बताउंछन् ।

शताब्दीदेखि खेलाइदै आएको गोरु जुधाई प्रतियोगिता पछिल्लो समय सबैको आकर्षण बढ्दै गएको छ । स्थानीय यूवाहरुको जोश र जाँगरले पुनर्संचालनमा आएको खेल विशेषतः कृषिमा आधारित छ । खेलको प्रवद्र्धन हुन सके कृषिलाई समेत उभो लगाउन सकिने देखिन्छ । परम्परागत रुपमा चलिआएको यस्तो खेललाई पर्यटकीय आकर्षण बनाउन पनि सकिन्छ ।

तर, यस्ताखाले खेल खेलाईने स्थानमा पुग्ने भौतिक पूर्वाधार प्रचार प्रशार र खेल सुरक्षाको विषयमा ध्यान दिन आवश्यक छ । व्यवसायिक खेलको रुपमा विकास गर्न सुरक्षासंगै यहाँसम्म पुग्न सकिने पहूँचमा सुधार ल्याउनु आवश्यक छ । यूवाहरुले थालेको अभियानलाई सार्थक बनाउन स्थानीय जनप्रतिनिधिहरुले विशेष ध्यान दिने बताएका छन् ।

काठमाडौको नजिकै भएर पनि नुवाकोटको यस ग्रामीण क्षेत्रमा अझै गतिलो सडक छैन, सडक खानेपानी सूचना प्रविधि लगायतका समस्या छन् यहाँ । भौतिक पूर्वाधारको क्षेत्रमा सुधार आउन सके नेपाली कृुषि अर्थतन्त्र र संस्कृतिसंग जोडिएको यो खेलको राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकिन्छ । आवश्यक पूर्वाधार र प्रचार प्रशारको काम गर्न सकेमा यसले राम्रो बजार भेटाउन सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com