चीनले पहाडभित्र बनायो, स्टिलको ‘ग्रेट वाल’ !


प्रकाशित मिति : माघ १, २०७५ मंगलबार

नयाँ-नयाँ आविष्कारका लागि अगाडि रहेको चीनले कृत्रिम सूर्य बनाउन लागेको खबर केही अगाडि सार्वजनिक भएको थियो । चीनले फेरि अर्को आश्चर्यजनक कुरा सार्वजनिक गरेको छ । उसले ‘अण्डरग्राउन्ड स्टील ग्रेट वाल’ नाम दिएर पहाडभित्र एउटा स्टिलको विशाल पर्खाल बनाएको खबर सार्वजनिक गरेको हो ।

चीनका ८२ वर्षीय एक वैज्ञानिक किआन किहुका अनुसार यो पर्खाल चीनको उच्च सुरक्षाका लागि निमार्ण गरिएको हो । उनले चीनमा रहेको पुरानो ग्रेट वालले बाह्य सुरक्षा दिने र नयाँ वालले यस्ले हाइपरसोनिक मिसाइल एवं हतिरयारहरुको हमला एवं परमाणु हमलाबाट समेत जोगाउने दाबी गरेका छन् । किआन किहुलाई मंगलबार चीनको सबैभन्दा ठूलो विज्ञान एवं प्रविधि अर्वाड र ८० लाख युआन रकमसमेत मिलेको छ ।

किआन किहूले चीनको एन्टी मिसाइल अथवा एयर सिस्टम फेल भए पनि यो स्टिलको पर्खालले हाईपरसोनिक मिसाइललाई निस्तेज गर्न सक्ने बताएका छन् । हाइपरसोनिक हतियारको गति आवाजको गति भन्दा १० गुणा बढी हुन्छ अर्थात सो स्टिलको पर्खालले हावाको गति भन्दा १० गुणको वेगमा आउने शक्तिलाईसमेत निस्तेज गर्नेछ । स्मरण रहोस्, एप्रोक्समेटेली हावाको गती २४३ मिटर प्रतिसेकेण्ड हुन्छ ।

मार्च २०१८ मा रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना हाइपरसोनिक हतियारको बारेमा बताएपछि अमेरिकाले यस्ता कयौँ हतियारको विकास गरिरहेको खबरले समेत चर्चा पाउने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनको ग्लोबल टाइ्रम्सका अनुसार उच्च गतिका कारण हाइपरसोनिक हतियारले हावामा आफ्नो बाटो फेरेर एन्टी मिसाइललाई बेकार बनाउन सक्छ । जसका कारण चीनले आफ्नो सुरक्षा मजबुत पार्न यस्तो किसिमको पर्खालको निमार्ण गरेको हो ।ऐजेन्सी 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com