‘रेस ४’ बाट सलमान आउट !


प्रकाशित मिति : माघ १, २०७५ मंगलबार

बलिउड सुपरस्टार सलमान खानले सन् २०१८ मा सेफ अली खानद्वारा स्थापित फिल्म ‘रेस’को सिरिजमा कदम राखे । सलमानको उपस्थितले यो फिल्मलाई खासै फाइदा दिएन । फिल्म सुपरहिट भएन । यद्पी निर्माण टिमले ‘रेस ४’ बन्ने घोषणा गरिसकेका छन् ।

सलमानको उपस्थितिले फाइदा नगरेपछि निर्माण पक्षले ‘रेस ४’मा नराख्ने भएका छन् । उसो त सलमान यतिबेला फिल्म ‘भारत’को सुटिङमा व्यस्त छन् । यो फिल्मको सुटिङ पछि ‘दबंग ३’को सुटिङ सुरु गर्नेछन् ।

सलमानको व्यस्तता र फाइदा पनि नपुग्ने भएपछि निर्माण टिमले चौथो सिक्वेलका लागि सैफलाई सम्झिएका छन् । रेस ३ फ्लप भएपछि सैफ पनि रेस ४ साइन गर्नको लागि अन्योलमा परेका छन् । सेफको तर्फबाट कुनै कुरा बाहिरिएको छैन ।

‘रेस’मा सैफ अली खान, अक्षय खन्ना, अनिल कपुर, विपासा बसु, क्याटरिना कैफ, समिरा रेड्डीको भूमिका थियो भने भने यसको सिक्वेलमा सैफ अली खान, दिपिका पादुकोण, ज्याकलिन फर्नान्डिज थिए । यी दुवै फिल्म हिट फिल्म हो । तर सलमानको रेस ३ भने सोचे जस्तो सफल भएन । यसैले रेस ४ मा सलमान नहुने भएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com