‘ल्याङल्याङ’ सुनिलले ल्याए ‘आँपे’ (भिडियो)


प्रकाशित मिति : माघ १, २०७५ मंगलबार

गायक तथा संगीतकार सुनिल पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । सुनिलकै शब्द, संगीत र स्वरमा तयार भएको लोक कमेडी शैलीको ‘आँपे’ बोलको गीत निकै रमाईलो छ ।

प्रस्तुत गीतलाई अमृत ल्वागुनले एरेन्ज गरेका हुन् । दिपेन्द्र तिमल्सीनाको निर्देशनमा तयार भएको भिडियोमा सुजन श्रेष्ठ, हेरुका लामा, निशा लमा, नवराज भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् ।

भिडियोमा गायक सुनिल पनि चित्रित छन् । प्रेम लामा र राज सिग्देलले छायाङ्कन गरेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com