प्रदेश प्रमुख नै कालोसूचीमा !


प्रकाशित मिति : माघ १, २०७५ मंगलबार

तीन दशकअघि लिएको ऋण चुक्ता नगरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गभर्नर मोहनराज मल्ल कालोसूचीमा परेको खुलेको छ ।

नेपाल बैंक लिमिटेडका अनुसार मल्ल समूहले २०४१–०४२ सालमा बैंकबाट लिएको ९८ लाख ५३ हजार रुपैयाँ भुक्तानी नगरेपछि कालोसूचीमा राखिएको छ ।

ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेको व्यक्ति प्रदेश प्रमुख बन्न नपाउने संवैधानिक व्यवस्था भएको हुँदा मल्ल अयोग्य भएको संविधानविद्को भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com