निर्माला पन्तको जिवनमा आधारित ‘कोपिला ’


प्रकाशित मिति : माघ १, २०७५ मंगलबार

निर्माला पन्त हत्याको वास्तबिक कथा बोकेको फिल्म ‘कोपिला ’ को ईण्डक्ल्याप गर्दै छायाँकन सम्पन्न भएको छ ।

कन्चनपुरकी १३ बर्षीय बालिका निर्माला पन्तको बलत्कार पछि हत्या भएको लगभग छ महिना बितिसक्यो । घटनाको दोषी पत्तालगाउन नसकेको भन्दै सुरक्षा निकाए र सरकारको आलोचना ब्यपाक भईरहेको छ । हत्या काण्डले दिनप्रतिदिन नयाँ मोड लिईरहेको छ ।

‘कोपीला’को करीब एक महिनाको अबधीमा सोमबार छाँयाकन सम्पन्न भएको छ । यो चलचित्रलाई शिभम अधिकारीले लेखन एबम निर्देशन गरेकाहुन । सोमबार चित्तवनमा चलचित्रको ईन्डक्ल्याप गर्दै छायाँकन सम्पन्न भएको निर्देशक अधिकारीले बताएकाछन् ।

करीब ८० लाख रुपैयाको लागतमा निर्माण भएको यो चलचित्रले स्व पन्तको बलत्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण समेटीएको निर्देशक अधिकारीले बताए ।

‘कोपिला ’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश छ । चलचित्रको प्रमुख पात्र निर्माला अर्थात ‘कोपीला’को भुमिकामा संजीवनी खरेल लाई फिचर गरिएको छ ।

चलचित्रमा संचारकर्र्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेकाछन् भने कलाकार गणेश गिरीको प्रस्तुति रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा सुबाशराज काफले,सह निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्र्की रहेका छन । ‘कोपीला’मा सरिता गिरि, गणेश गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिर, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘कोपिला ’मा छायाँकार शिब शरण न्यौपाने,मुख्य साहायक निर्देशक राम बाबु खड्का,संगीत दिपक शर्माको रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com