माघे संक्रान्ति पर्व मनाइँदै


प्रकाशित मिति : १ माघ २०७५, मंगलबार

आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।

मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।

त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आज देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com