…….त्यसको सट्टामा मैंले के दिने : रेखा थापा
प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार
अभिनेत्री रेखा थापा पछिल्लो समय महिला केन्द्रित फिल्म निर्माणमा आकृर्षित भएकी छिन् । रेखाको यहि वर्ष बालविवाहको विषय उठान गरेको फिल्म ‘मालिका’ प्रर्दशन भयो । ‘मालिका’ अघि रेखाको एसिड काण्ड उठाएको फिल्म ‘रुद्रप्रिया’ प्रर्दशन भएको थियो । दुवै फिल्मले बक्स अफिसमा आशातित व्यापार गर्न सकेनन् ।
रेखाले रामप्यारी फिल्म गर्दा सम्म व्यापारको लागि गरेको खुलाउँदै अब समाजप्रधान फिल्म बनाउने बताइन । उनले भनिन्, ‘रामप्यारी सम्मचाहिँ राम्रो व्यापार गर्याेस भन्ने लाग्थ्यो तर ‘रूद्रप्रिया’पछि मलाई सबै कुरा पैसा वा नामको आँखाबाट हेर्न नहुने रहेछ भन्ने लाग्यो ।’
उनले भनिन्, ‘मैले फिल्म क्षेत्रमा काम गरेको १८ वर्ष भयो । मैंले नाम र दाम कमाएँ त्यसका लागि मैंले के दिने ? ५० रुपैयाँ, सय रुपैयाँको टिकट काटेर मलाई हेर्न आएर माया गरेर समाजमा, देशमा चिनिने पात्र बनाइदिनु भएको छ, त्यसको सट्टामा मैंले के दिने ?’






