आबुधाबीमा अलपत्र १ सय ५० नेपाली कामदार उद्धारको पर्खाइमा, म्यानपावर सञ्चालक यूएई पुगे


प्रकाशित मिति : पुस २९, २०७५ आईतबार

यूएईको आबुधाबीमा अलपत्र १ सय ५० जना नेपाली कामदारको उद्दार प्रकृयामा यहाँको सरकारले चासो देखाएको छ । अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र १ सय ५० नेपालीसहित ७ सयभन्दा धेरै कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशाशनले चासो देखाएको हो ।

कम्पनी संचालक जोर्डन नागरिकले यूएई छोडिसकेको र कम्पनी नामसारी प्रकृयामा रहेका बेला अलपत्र परेका कामदारलाई अहिले आबुधाबीको स्थानीय प्रशाशनको समन्वयमा यहाँको श्रम मन्त्रालयले खानाको व्यवस्था गरेको छ ।

कम्पनीको क्याम्पमा पानी र बिजुलीसमेत काटिएको र खानाको समेत समस्या भएपछि स्थानीय प्रशासनले चासो देखाएर पानी र बिजुलीको व्यवस्थासहित खाना उपलब्ध गराएको कञ्चनपुरका गणेश महराले बताउनुभयो ।

नेपालीसहित भारत, पाकिस्तान, बङ्लादेश , श्रीलंका, फिलिपिन्स लगायतका कामदार अलपत्र परेपछि यहाँ रहेका सम्बन्धित देशका दूतावासले यहाँको श्रम तथा परराष्ट्रमा पत्राचार गरेका थिए ।  चौबीसै घण्टा क्याम्पको निगरानी स्थानीय प्रशाशनले गरेको र कुनै पनि समस्या भए तत्काल सम्पर्क गर्न भनेको पीडित कामदारहरुको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्याम्पमा अलपत्र कामदारले पाउनु पर्ने सेवा सुविधाबारे लिखित सूची स्थानीय प्रशासनले बनाएको पीडितहरुले बताएका छन । त्यही सूचीअनुसार कम्पनीको व्यवस्थापन पक्षसँग आइतबार छलफल गरेर उद्दार प्रकृया सुरु गरिने कम्पनीले जनाएको छ ।

कामदार उद्दारका लागि म्यानपावर सञ्चालक समेत यूएईमा
नेपालबाट सोही कम्पनीमा कामदार सप्लाई गर्दै आएको सन हिल्स म्यानपावरका सञ्चालक सूर्य अधिकारी यूएई आउनु भएको छ । कामदारले महिनौदेखि तलव सेवा नपाएको र अलपत्र परेको जानकारी पाएर आफू यहाँ आएको अधिकारीको भनाइ छ ।

‘नेपाली दुतावास, कामदार र कम्पनीसँग समन्वय गरेर समस्या समाधान गर्नेछु’ अधिकारीले भन्नुभयो ‘अलपत्रमध्ये झण्डै ६४ जनाले पहिलो करार सम्झौता समेत पूरा गर्न नपाएकोले समस्या झन जटिल भएको छ।’

कामदार अलपत्र भएपछि सम्बन्धित म्यानपावरको कामकाज रोक्का गरिदिन भन्दै दूतावासले सरकारलाई पत्राचर गरेको थियो ।

यूएईले समेत चासो देखाएको विषयमा म्यानपावर सञ्चालक समेतले चासो देखाउनु सकारात्मक भएको यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com